सत्ता परिवर्तनको खेल चलिरहदा कुटनीतिक लविइङ सुरु

फाल्गुन १४, २०७७ | काठमाडौं

मुलुकमा सत्ता परिवर्तनको कसरत चलिरहेका बेला कुटनीतिक लविइङ समेत शुरु भएको छ । नेपालको राजनीतिमा बढी प्रभाव पार्ने भारत र चीनका राजदुतहरुले शीर्ष नेताहरुसँग शुरु गरेको भेटघाटलाई कुटनीतिक विश्लेषकहरुले अशोभनीय भनेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग भारत र चीनका राजदुतले गरेको भेटवार्ताको औचित्य पुष्टी हुनुपर्ने बिश्लेषकहरु भनाई छ । विभिन्न देशका राजदुत र कुटनीतिज्ञहरुले सवै जसो दलका शीर्ष नेताहरुलाई विभिन्न समयमा भेटवार्ता गरिरहेका छन् ।

परराष्ट्रवीद एव् भारतका लागि पूर्वराजदुत भेष वहादुर थापाले वदलिदो परिस्थितीमा राजदुतहरुको सक्रियता वढ्नु मुलुकका लागि दुर्भाग्य भएको बताउनुभयो । विदेशी राजदूतहरु आफ्नो मिसन अनुसार लाग्ने भएपनि हाम्रो नेतृत्वले सहज पहुँच दिनुचाही गलत भएको उहाँको भनाई छ । मुलुकमा जुन सुकै व्यवस्था आएपनि दलीय नेतृत्वमा उस्तै मानसकिता हावी हुँदा मुलुकको कुटनीतिक छवी धुमलिएको उहाँको भनाई छ ।

२०४६ यताका राजनीतिक परिवर्तन पछि विदेशी पहुँच नेपाली राजनीतिमा अस्वभाविक बढेको थियो । यसलाई रोक्न परराष्ट्र मन्त्रालयले आचारसंहिता लागु गरेपनि कार्यन्वयनमा आउन सकेको छैन ।

अर्का परराष्ट्रपविद् एवं चीनका लागि पूर्वराजदुत महेश कुमार मास्केले पनि दलहरुमा सुधारको संकेत नदेखिएको बताउनुभयो । मन्त्रीपरिषदमै विदेशी कुटनीतिज्ञको हस्तक्षेप हुने गरेकोमा त्यो अहिले नहुनुनै सकारात्मक मान्नुपर्ने उहाँको भनाई छ । विदेशी देशको चासो नेपालमा हुनु स्वभाविक भएपनि मुलुकको नेतृत्वले त्यसलाई सहज रुपमा स्वीकार्नुचाही विडम्वना भएको उहाँको भनाई छ ।

भारतका लागि पूर्व राजदुत दिप कुमार उपाध्यायले पनि राष्ट्रिय राजनीतिमा विदेशीको खुला हस्तक्षेप वढ्नु अशोभनिय भएको बताउनुभयो । नेपाली कुटनीतिज्ञले विदेशमा उत्तिकै पहुँच राख्छन् की राख्दैनन् भन्ने ख्याल गर्नुपर्ने उहाँको भनाई छ । 


प्रतिक्रिया