उर्लाबारी युवक हत्या प्रकरण: अर्का फरार प्रतिवादी पक्राउ

फाल्गुन १८, २०७७ | मोरङ

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्या घटनाका फरार प्रतिवादी मध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियार रहेका छन् । परियारलाई 

कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताउनुभयो । उनलाई आजै जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । सो घटनामा संलग्न दुई जना उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल अझै फरार छन् । 

प्रविण हत्या घटनामा संलग्न ६ जना प्रतिवादीमध्ये परियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उर्लाबारी–६ का रमेश गिरी, रिकेश शिबा भन्ने मेहरमान दर्जी र कुमार राईलाई पक्राउ गरी प्रहरीले अदालतमा उपस्थित गराइसकेका छन् । गिरी १ लाख र राई ३ लाख धरौटीमा छुटिसकेका छन् भने दर्जी पुर्पक्षका लागि मोरङ कारागारमा छन् । 


प्रतिक्रिया