अमेरिकाको अर्थतन्त्रमा ७४ दशमलव ४ अर्ब डलर व्यापार घाटा

वैशाख २२, २०७८ | काठमाडौं

अमेरिकाको अर्थतन्त्रमा गत मार्च महिनामा व्यापार घाटा ७४ दशमलव ४ अर्ब डलर पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७० दशमलव ५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ । 

 आयात ६ दशमलव ३ प्रतिशतले वृद्धि भएर २७४ दशमलव ५ अर्ब डलर पुगेको छ । यस्तै निर्यातमा पनि ६ दशमलव ६ प्रतिशतले सुधार आएर २ सय अर्ब डलर पुगेको छ । चीनसँगको व्यापार घाटा पनि ११ दशमलव ६ प्रतिशतले वृद्धि भएर २७ दशमलव ७ अर्ब डलर भएको छ । यस वर्षका पहिलो तीन महिनामा अमेरिकी व्यापार घाटा कूल २ सय १३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी रहेको जनाइएको छ । सन् २०२० मा अमेरिकामा ६ सय ८१ अर्ब डलर व्यापार घाटा थियो ।  


प्रतिक्रिया