रुपन्देहीमा कोरोना संक्रमित ६ जनाको मृत्यु

वैशाख २९, २०७८ | रुपन्देही

कोरोना संक्रमणका कारण रुपन्देहीमा थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो एक सातायता अस्पातालमा उपचार गराएका ४ र हिजो अस्पाताल भर्ना भएका २ गरी ६ जनाको मृत्यु भएको हो । 

मृतकमध्ये ५ पुरुष र एक जना महिला रहेका छन् । हिजो अस्पाताल भर्ना गरिएकी ७० बर्षीया बृद्धा र २४ गते भर्ना भएका ५२ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । अन्य ४ जनाको गएराती मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । 

मृतकहरुमध्ये ५ जना इमर्जेन्सी र एक जना एचडीयुमा उपचाररत थिए । जिल्लाका अधिकांश अस्पातालमा अक्सिजनको अभाव भएसँगै संक्रमितको मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  


प्रतिक्रिया