पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

असार ४, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा मूलुकभर २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार ५ सय ६९ पीसीआर परीक्षणमा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाण्डौंमा ३ सय ९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना गरी ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ४२ हजार ८ सय ८ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९ हजार ६ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार थप ४४ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।


प्रतिक्रिया