पछिल्लो २४ घण्टामा २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

असार ७, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभरका विभिन्न अस्पतालमा भएको ६ हजार ५ सय ८३ पीसीआर परिक्षणमा एक हजार ५ सय ८४ जनामा र ४ हजार ३ सय २१ एन्टिजेन परिक्षणमा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २२ हजार ६ सय ४० पुगेको छ ।

 पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय २८ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभर थप ४६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको ८ हजार ७ सय ७२ पुगेको छ । संक्रमितमध्ये ८ सय ११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २ सय ३७ जना भेन्टिलेटरमा छन् । 


प्रतिक्रिया