पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १४, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ पीसीआर परिक्षणबाट २ हजार ३ सय ३५ जनामा र ४ हजार ६ सय ८७ एन्टीजेन परिक्षणबाट एक हजार ३० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालको संक्रमणदर १९ दशमलव ३ प्रतिशत रहेको छ ।

सोही अवधिमा १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएका १४ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।

विभिन्न अस्पतालका आइसियूमा ६ सय ३६ जना र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा हालसम्म ३५ लाख ५० हजार ७ सय ३३ जनाले एक मात्रा खोप लगाएको र त्यसमध्ये १५ लाख ४८ हजार ८ सय ३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 


प्रतिक्रिया