कांग्रेसको महाधिवेशन सर्ने निश्चित

श्रावण १५, २०७८ | काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । क्रियाशील सदस्यता र समायोजनमा संस्थापन र इतरपक्षबीच सहमति हुन नसकेका कारण स्थानीय तहको अधिवेशन हुन नसकेपछि केन्द्रीय महाधिवेशन पनि प्रभावित भएको हो । कांग्रेसको महाधिवेशन सार्न कानूनले नदिने भएपनि कोरोना काललाई शुन्य समय मानेर केही सयम थप गर्ने विषयमा पार्टी शीर्ष तहमा छलफल शुरु भएको हो ।

पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्न अब नभ्याईने कांग्रेस उच्च श्रोतले जनाएको छ । श्रोतले भन्यो, 'महाधिवेशन सर्ने निश्चित जस्तै छ । केन्द्रीय महाधिवेशन गर्ने भनिएको मितिमा स्थानीय तहको अधिवेशन गर्ने गरि निर्वाचन कार्यतालिका संशोधन गर्दैछौं । त्यसअघी क्रियाशील सदस्यता र समायोजनको विवाद टुङ्ग्याएर अन्य कानूनी प्रक्रिया पनि पुरा गर्छौं ।'

साउन १२ गते देखि गर्ने भनिएको स्थानीय तहको अधिवेशन क्रियाशील सदस्यता र समायोजनमा देखिएको विवादकै कारण स्थगित भएको थियो । महाधिवशेनको मिति सार्नेबारेमा केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने उच्च श्रोतको भनाई छ । 


प्रतिक्रिया