एमालेले माग्यो सभामुख सापकोटाको राजीनामा

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७८ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटाको राजीनामा माग गरेको छ । सभामुख सापकोटाले आफ्नो पदको गरिमा जोगाउन नसकेको आरोप लगाउँदै एमालेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग अघि सारेको हो । राष्ट्रिय सभाको आजको बैठकमा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले सभामुखले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो ।

सभामुखले गैर सांसदलाई सदनमा बस्ने अनुमति दिएको भन्दै सांसद श्रेष्ठले सडकदेखि सदनसम्म प्रश्न उठेको बताउनुभयो । सभामुखले राजीनामा नदिए वा सूचना नटाँसेसम्म सदन चल्न नसक्ने एमालेको भनाइ छ । सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभाका एमालेबाट निर्वाचित १४ सांसदलाई सभामुखले पदमुक्त भएको सूचना नटाँसेसम्म विरोध जारी रहने बताउनुभयो ।


यसैबीच, राष्ट्रिय सभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । एमाले सांसदले प्रस्तावको विपक्षमा मत जाहेर गरेपनि प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक आगामी विहिवारसम्मका लागि स्थगित गरिएको छ । 


प्रतिक्रिया