सेतो पुतलीका कारण आँखामा लाग्ने रोग सापुको समस्या बढ्दाे, दृष्टि गुम्ने खतरा !

आश्विन ८, २०७८ | काठमाडौं

आँखाको दृष्टि गुम्नेसम्मका समस्या निम्त्याउने सेतो पुतलीको सक्रियता बढेसँगै सापुको जोखिम बढेको भन्दै सावधानी अपनाउन स्वास्थ तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । विशेषगरि पश्चिम नेपालका क्षेत्रमा सेतो पुतलीको बिगबिगी भएको र केही व्यक्तिको दृष्टि समेत गुमेकाले सकर्त रहनुपर्ने मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताउनुभयो । सो पुतलीको झुस आँखामा परेमा दृष्टि गुम्ने जोखिम हुने चिकित्सक बताउँछन् । 

 पुतलीबाट निस्कने झुस आँखामा परेको ४८ घण्टा भित्र चिकित्सकको सम्पर्कमा रहनुपर्ने डा. पौडेलले बताउनुभयो । उपचारमा ढिला गरेमा आँखाको दृष्टि गुम्न सक्ने उहाँको भनाई छ ।

 पछिल्लो समय काठमाडौं उपत्यका लगायतका क्षेत्रमा समेत सेतो पुतली देखिने गरेकाले सतर्क रहनुपर्ने डा. पौडेलको भनाई छ । सो समस्याबाट प्रभावित बन्नेको एकिन तथ्याङ्क नभएपनि विरामीको संख्या भने बढ्दै गएको जनाइएको छ । 


प्रतिक्रिया