शिक्षा नागरिकको मौलिक अधिकार : प्रधानमन्त्री देउवा

आश्विन २४, २०७८ | कास्की

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा नागरिकको मौलिक अधिकार भएको बताउनु भएको छ । शिक्षामा थप कार्यक्रम ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री देउवाले बजेटको पनि उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

पोखराको सभागृहमा आइतबार एक कार्यक्रमबीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै प्रधानमन्त्री देउवाले सिंगो मुलुकलाई नै साक्षर बनाएर निरक्षरताको कलङ्क मेटाउने सरकारको उद्देश्य रहेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले नेपालमा कोभिड–१९ को महामारी बिस्तारै कम हुँदै गएको पनि बताउनुभयो । फरक प्रसङ्गमा देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको भन्दै संसदमा रहेका सबै पार्टीले प्रजातन्त्रको लागि लडेको तर्क गर्नुभयो । 


प्रतिक्रिया