प्रधानन्यायाधीशमाथि महाअभियोग बारे छलफल भएको छैन : नेपाल

कार्तिक ११, २०७८ | धनगढी

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताउनु भएको छ । 

धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्ता गठबन्धन दलको बैठक नै नबसेका कारण प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पार्नुभयो । न्यायपालिकाका विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिब्यक्ति प्रति अध्यक्ष नेपालले आपत्ति जनाउनु भएको छ । 

प्रतिनिधिसभा ब्यूँताउने न्यायाधीशहरुको राजीनामा माग्ने ओलीको अभिब्यक्ति प्रणाली भत्काउने गम्भीर षडयन्त्र भएको उहाँले आरोप लगाउनुभयो ।



प्रतिक्रिया