कोरोना संक्रमणका कारण त्रिविका सबै परीक्षा स्थगित

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका र सञ्चालन हुन बाँकी परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ । त्रिविले आज एक सूचना प्रकाशित गर्दै हाल सञ्चालन भइरहेका, सञ्चालन हुने क्रममा रहेका र सञ्चालनको पूर्व तयारीमा रहेको परीक्षा स्थगित भएको जनाएको छ ।

 ओमिक्रोन भेरिएन्टको संक्रमण तीव्र गतिमा फैलिएका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमित भएकाले परीक्षा स्थगित गर्नु परेको त्रिविको भनाइ छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकबाट हाल वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको हो । 


प्रतिक्रिया