लोक सेवा आयोगका पूर्व निर्धारित सबै लिखित परीक्षा स्थगित

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

लोक सेवा आयोगले यही माघ मसान्तसम्मका लागि पूर्व निर्धारित सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखा परेको लगायत कारणले माघ ११ देखि माघ मसान्तसम्मका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो ।

 हाल स्थगित गरिएका र फागुन १ देखि हुने लिखित परीक्षाको तालिकाबारे ७ दिनको पूर्व सूचना दिई सञ्चालन गरिने आयोगले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । आयोगले लिखित परीक्षा बाहेकका अन्य पूर्व निर्धारित कार्यहरु भने यथावत् रुपमा सञ्चालन गर्ने भएको छ ।


प्रतिक्रिया