सप्तरीको बलानबिहुल गाउँपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टी विजयी

जेष्ठ ५, २०७९

सप्तरीको बलानबिहुल गाउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सिके राउत नेतृत्वको जनमत पार्टीले जित निकालेको छ । जनमत पार्टीका उम्मेदवार खेमचन्द्र यादब र रेणु यादब अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन् ।

अध्यक्षमा निर्वाचित यादबले २ हजार ९ सय ९४ मत प्राप्त गरे । जनमत पार्टीले जिल्लामा प्रमुख पदमा यो दोश्रो जित निकालेको हो । यस अघि हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका बिरेन्द्र माझी निर्वाचित भएका थिए । । बलानबिहुलको अध्यक्षमा निर्वाचित खेमचन्द्रका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरे । निवर्तमान पालिका अध्यक्ष दयानन्द योइत तेश्रो स्थानमा झरेका छन् । उनले २ हजार २ सय ३ मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्षमा जनमत पार्टीकी रेणु यादब २ हजार ६ सय ९० मत प्राप्त गर्दे निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्धन्दी काग्रेसकी आशदेबी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरिन् । 


प्रतिक्रिया