भारत र पाकिस्तानका सैनिकबीच सीमा क्षेत्रमा गोली हानहान

वैशाख १२, २०८२ | काठमाडौं

भारत र पाकिस्तानका सैनिकबीच सीमा क्षेत्रमा गोली हानहान भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

 भारत र पाकिस्तानका सुरक्षाफौजबीच दुई देशलाई छुट्याउने नियन्त्रण रेखा (एलओसी) मा गोली हानाहान भएको भारतीय अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएराति पाकिस्तानी सैनिकहरूले कश्मीरमा रहेको भारतीय चेकपोस्टमा साना हतियारबाट गोली प्रहार गरेपछि जवाफमा भारतीय सैनिकले गोली प्रहार गरेको बताइएको छ । 

यद्यपी, सो घटनाबारे पाकिस्तानले भने कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । मंगलबार पहलगाम नजिकै आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच सबैभन्दा खरावमध्ये एक स्थितिमा पुगेको छ । सो घटनामा एक जना नेपाली सहित २७ जनाको ज्यान गएको थियो । लगत्तै दुवै देशले एक–अर्काविरुद्ध विभिन्न प्रतिवन्धको घोषणा गरेका छन् ।  


प्रतिक्रिया