राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने

वैशाख १२, २०८२ | काठमाडौं

काठमाडौंमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

सेमिफाइनलमा एपीएफले टिपटप न्यु डायमण्ड र पुलिसले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । फाइनल खेल भोली हुनेछ । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यु डायमण्डलाई ३–१ को सेटमा हरायो । 

दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा हरायो । तेस्रो स्थानका लागि भोली नै आर्मी र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख ९९ हजार प्राप्त गर्दा, दोस्रोले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया