एनएसएल विजेताले ८० लाख रुपैयाँ पाउने

वैशाख १२, २०८२ | काठमाडौं

नेपाल सुपर लिग फुटबलको तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । 

आयोजक नेपाल स्पोट्र्स एण्ड इन्भेट म्यानेजमेन्टले आज पत्रकार सम्मेलनमार्फत पुरस्कार राशी घोषणा गरेको हो । यस्तै, दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ बृद्धि गरिएको हो ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच भोली फाइनल खेल हुँदैछ । 


प्रतिक्रिया