नायव सुब्बा गणपति झाविरुद्ध आरोपपत्र दायर

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०७९ | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । झाले विभिन्न समयमा आफू कार्यरत कार्यलयमा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । 

 झाउपर २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ ५१ पैसा बिगो मागदाबी गरिएको छ । अख्तियारले झासहित उनकी श्रीमती र तीन जना छोराहरुलाई पनि प्रतिवादी बनाएको छ । अख्तियारका अनुसार २०३९ मंसिर ९ गते गाविस सचिव भएर सार्वजनिक सेवामा प्रवेश गरेका झाले गत साउनमा अवकाश लिएका थिए ।  


प्रतिक्रिया