गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट कार्गो पठाउन सुरु
भाद्र १०, २०७९
भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट पहिलोपटक कार्गो विदेश पठाउन थालिएको छ । कुवेतको जजीरा एयरलाइन्सले गत जेठ २ गतेबाट व्यवसायिक उडान थालेको थियो । कार्गो उडानका लागि आवश्यक पूर्वाधार तयार रहेपनि निर्यात कम्पनीले चासो नदिँदा ढिलाई भएको थियो । अन्तराष्ट्रिय विमानस्थलका अनु्सार आज बिहान जजीरा एयरलाइन्सले दुइ टन कार्गो लैजान लागेको हो । सामान निर्यातका लागि हिजो दिउँसो विमानस्थलमा भन्सार, सुरक्षा जाँच लगायत आवश्यक पक्रिया पूरा गरिएको थियो ।
काठमाडौंस्थित हिमालेक्स ट्रेर्डर्सले पहिलोपटक आफ्ना उत्पादन राइजिङस्टार कार्गो प्राली मार्फत फ्रान्स निर्यात गर्न लागेको हो । हिमालेक्स ट्ेरडर्सका सञ्चालक प्रदीप सापकोटाले सो ट्रान्जिट कार्गो भएको बताउनुभयो । सापकोटाले कुवेत हुँदै सामान फ्रान्सको लियोन विमानस्थल पुर्याइने उल्लेख गर्नुभयो । कार्गो उडान सुरु भएको खबरपछि अन्य कम्पनीले निर्यातका लागि चासो दिने भएकाले विमानस्थलको प्रवद्र्धनक लागि काठमाडौंबाट आएको उहाँले बताउनुभयो । उहाँका अनुसार उनबाट निर्मित विभिन्न हस्तकला जन्य सामान पठाइएको हो ।
अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोबिन्दप्रसाद दाहालले कार्गोका लागि तयारी अवस्थामा रहेपनि सामान पठाउने कम्पनी सम्पर्कमा नआएकाले ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार विमानस्थल सञ्चालनसँगैं कार्गो उडानका लागि आवश्यक भन्सार, प्रहरी, बैंक, पारबहन तथा गोदाम व्यवस्था कम्पनी लगायतका आवश्यक कार्यालय स्थापना भइसकेका छन् । अहिले निर्यातकर्ता कम्पनी जोडिएपछि आयात/निर्यातले पूर्णता पाएको उहाँले बताउनुभयो ।