दाङ–२ मा रेखा शर्माको मतान्तर बढ्दै

मंसिर ६, २०७९ | दाङ

दाङ निर्वाचन क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिनु भएको छ । एमाले महासचिव शंकर पोख्रेललाई १ हजार ५ सय ७४ मतले पछि पार्दै शर्माले अग्रता कायम गर्नु भएको हो । 

पछिल्लो मत परिणाम अनुसार १८ हजार ३ सय ८० मतगणना हुँदा शर्माले ७ हजार ५ सय १३ मत प्राप्त गवर्नु भएको छ । पोख्रेलले ५ हजार ९ सय ३९ मत प्राप्त गर्नु भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अघिकारी ३ हजार ३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । आइतबार सम्पन्न निर्वाचनमा क्षेत्र नं. २ मा ७९ हजार ४ सय ४६ मत खसेको थियो ।


प्रतिक्रिया