बीआरआइलाई लिएर विवाद नगर्न पूर्व प्रधानमन्त्री खनालको आग्रह

मंसिर ६, २०८१ | काठमाडौं

पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनालले बीआरआइलाई लिएर अनावश्यक विवाद नगर्न आग्रह गर्नुभएको छ ।

सार्वजनिक वक्तव्य जारी गर्दै खनालले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर सम्झौता कार्यन्वयन गर्दै चीनसँग सहयोग र सम्बन्धलाई गहिरो बनाउनुपर्ने समेत बताउनुभएको छ ।

बीआरआइको सहयोगलाई ऋण पासोको रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलबाड भइरहेको पूर्वप्रधानमन्त्री खनालको भनाइ छ ।

खनालको वक्तव्यमा पश्चिमा शक्तिहरुले चीन विरोधी कुप्रचारको शिकार भएर बीआरआइलाई नकारात्मक रुपमा लिन खोजिएको टिप्पणी समेत गरिएको छ ।  


प्रतिक्रिया