रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2022/politics/MadhavKNepal-1669276831.jpg&w=700&height=600)
मंसिर ८, २०७९ | रौतहट
रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसमा सदस्यमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विजयी हुनु भएको छ । नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गर्दै नेपाल प्रतिनिधिसमा सदस्यमा निर्वाचित हुनु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समाजवादीका अध्यक्ष नेपालले ३३ हजार ५ सय २२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गर्नुभयो । एमालेका गुप्ता गौर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन् ।
२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा पनि नेपालको निकटतम प्रतिद्वन्द्वी गुप्ता नै हुनुहुन्थ्यो । अध्यक्ष नेपालले २०५६ सालको संसदीय निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ र ४ बाट चुनाव जित्नु भएको थियो ।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट अध्यक्ष नेपालले माओवादी देवेन्द्र पटेलसँग पराजित हुनु भएको थियो । त्यसपछि २०७० मा भएको दोश्रो संविधान सभा निर्वाचनमा नेपालले क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो ।