दार्चुलाको खलंगास्थित नेपाल–भारत सीमा पुल पुन: खुला

मंसिर १९, २०७९

भारतीय पक्षले एकपक्षीय रुपमा बिना जानकारी बन्द गरेको दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत सीमा पुल पुन: खोलेको छ । विहान ३ घण्टा भन्दा बढी समय बन्द भएको सो पुल खुल्ला भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो । 

यसअघि हिजो दार्चुलास्थित बङ्गाबगरमा भारतीय पक्षले महाकाली नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका थिए ।

सो क्रममा भारतीय पक्षले ढुंगा प्रहार गर्दा एक बालसहित ४ जना घाइते भएका थिए । त्यसपछि आज बिहान भारतीय पक्षले पुल बन्द गरेको थियो । पुल बन्द भएपछि दुवैतिरको आवतजावत प्रभावित हुनुका साथै कयौँ यात्रु अलपत्र परेका थिए । 


प्रतिक्रिया