देउवा पक्षीय नेताहरु पुरानै कार्यसमितिको बैठकमा व्यस्त
चैत्र १७, २०८२ | काठमाडौं
कांग्रेसका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले छुट्टै कार्यसमिति बैठक बसेको छ । निर्वाचनमा पार्टी हारको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको देउवा पक्षीय नेताहरुले बताएका छन् ।
नेता रामहरि खतिवडाका अनुसार बैठकमा तत्कालिन कार्यसमितिका ८२ नेता उपस्थिति भएका छन् । खड्काले ‘कार्यबाहक सभापति’ कै हैसियतमा समानान्तर रुपमा ‘केन्द्रीय कार्यसमिति’ बैठक भन्दै बोलाएपछि कांग्रेसभित्र विवाद चुलिएको छ ।
संस्थापन पक्षले खड्काको समानान्तर गतिविधिमाथि अनुशासनको कारबाही गर्ने संकेत दिएको छ । केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले भोलि बैठक बोलाउनुभएको छ ।









