रास्वपा नेतृत्वको सरकार राज्य आतंकतर्फ उन्मुख भएको एमालेको आरोप

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०८२ | काठमाडौं

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्वको सरकार राज्य आतंकतर्फ उन्मुख भएको आरोप लगाएको छ । एमालेको केन्द्रिय सचिवालय बैठकले सरकारको कदमबाट संविधान र विधिको शासनमाथि नै गम्भीर खतरा उत्पन्न भएको निष्कर्ष निकालेको हो । 

एमालेले अध्यक्ष केपी ओलीको गिर्फतारीको सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई पक्राउ गर्नु गैरकानुनी र प्रतिशोधपूर्ण भएको बताउनुभयो ।

एमालेले चैत २५ गतेबाट वैशाख १२ गतेसम्म देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । देशव्यापी आन्दोलनका क्रममा काठमाडौंमा केन्द्रिय सभा र प्रदर्शन समेत गरिने एमालेले जनाएको छ ।



प्रतिक्रिया