भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सरकारको प्रशंसनीय सुरुवात : ट्रान्सपरेन्सी इन्टरनेशनल
चैत्र १७, २०८२ | काठमाडौं
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नेपाल सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प्रशंसनीय सुरुवात गरेको जनाएको छ । सो संस्थाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले शासकीय सुधारका लागि कार्यसूची सार्वजनिक गरेर सुशासन कायम गराउन तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रशंसनीय कार्य गरेको बताएको हो ।
सरकारको कार्यसूचिमा धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषय अधिकांश रूपमा समावेश भएको ठहर गरेको संस्थाका अध्यक्ष मदनकृष्ण शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।









