निर्वाचनको समीक्षा र पार्टीको आगामी रणनीतिबारे प्रदेश तहमा कांग्रेसले कार्यक्रम गर्ने

रेडियो कान्तिपुर संवाददाता

चैत्र १७, २०८२ | काठमाडौं

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टीको आगामी रणनीतिबारे प्रदेश तहमा कार्यक्रम गर्ने भएको छ । ७ प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारसँग निर्वाचन समिक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने कांग्रेसले जनाएको छ ।

 कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, जिल्ला सभापति लगायतको उपस्थिति रहने नेताहरुले बताएका छन् । सो कार्यक्रमका लागि कंग्रेसले केन्द्रिय नेताहरुलाई जिम्मेवारी समेत तोकेको छ । समिक्षा कार्यक्रम चैत २३ गते कोशी प्रदेशबाट शुरु भई वैशाख ५ गते सुदुरपश्चिममा समापन हुने कंग्रेसले जनाएको छ । 


प्रतिक्रिया