प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

माघ १७, २०७९

गृह मन्त्रालयमा दाबी नछाडेको राष्ट्रिय स्वतन्त्र पार्टीले माग पूरा गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई थप दबाब दिएको छ । हिजो साँझ प्रधानमन्त्रीलाई भेटेका रास्वपा सभापति रवि लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि सोही अडान दोहर्‍याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालय रास्वपालाई दिन प्रधानमन्त्रीमाथि चौतर्फी दबाब बढेको उहाँको सचिवालयले जनाएको छ । यद्यपि प्रधानमन्त्री दाहाल अझै निर्णयमा पुगिसक्नु भएको छैन ।

नागरिकता विवादका कारण उपप्रधान एवं गृहमन्त्री पद गुमाएका लामिछानेले नागरिकता पुन: प्राप्तीपछि प्रधानमन्त्री दाहालसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रास्वपा सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिंग्देलले भने सामान्य भेटवार्ता भएको प्रतिकृया दिनुभएको छ । गृहमन्त्रालयमा पार्टीको अडान कायमै रहे पनि ठोष निश्कर्षमा पुग्न नसकेको उहाँको प्रतिकृया छ ।

गत आइतबार पुन : नागरिकता प्राप्तीपछि लामिछानेकै अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सदस्य बैठकले पनि गृहमन्त्री नपाए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । 


प्रतिक्रिया