गणतन्त्र र राजतन्त्रको राष्ट्रप्रमुखको भूमिकाबारे जानकार छुः राष्ट्रपति पौडेल

चैत्र १२, २०७९ | गोरखा

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र र राजतन्त्रको राष्ट्रप्रमुखको भूमिका सम्वन्धि भिन्नताबारे आफू जानकार रहेको बताउनुभएको छ ।

राष्ट्रपति पदलाई मर्यादित बनाउन आफूले सोही अनुसार भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । राष्ट्रपतिमा निर्वाचित भएपछि गोरखा दरबार भ्रमण गर्ने नियमित परम्परा अनुसार गोरखा पुगेका पौडेलले सवारी शब्दलाई भ्रमणको सन्दर्भमा प्रयोग गर्न नहुने बताउनुभयो ।

गोरखा कालिका र गोरखनाथ मन्दिरको दर्शनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा उल्ले गर्नुभएको हो । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले गोरखा नगरपालिकास्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण पनि गर्नुभएको थियो । राष्ट्रपति भएपछि पौडेलले पहिलो पटक काठमाडौं बाहिरको भ्रमण गर्नुभएको हो ।  


प्रतिक्रिया