दोलखामा पहिरोमा पुरिएर तीन वर्षीय बालकको मृत्यु

श्रावण १९, २०८० | काठमाडौं

दोलखाको गौरीशंकर गाउँपालिका ७ टोपाटारमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । अन्य ३ जना वेपत्ता भएका छन् । पहिरोमा परि ३ वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।

यस्तै पहिरोमा परि कृष्ण मगर, उनीकी श्रीमती देवी र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् । उनीहरुको खोजी भैरहेको छ । अन्य ३ जनाको घाईते अवस्थामा उद्वार गरिएको छ । पहिरोले विद्युतका पोलहरु बगाएका छन् भने सडक अवरुद्ध भएको छ ।

यस्तै, गौरीशंकर गाउँपालिका ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ । सो स्थानका २० भन्दा बढि घर पहिरोको जोखिममा भएपछि स्थानीयले घर छोडेका छन् । 


प्रतिक्रिया