अमेरिकी सांसदको टोलीले राष्ट्रपति पौडेललाई भेट्दै

राष्ट्रपति रामचन्द्र पौडेल 

भाद्र १४, २०८०

नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरुको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज शिष्टाचार भेट गर्दैछ ।

५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले अपरान्ह ४ बजे राष्ट्रपति पौडेललाई भेट्ने तालिका छ । अमेरिकी संसदको लैङ्गिक समानता सम्बन्धी ककसका सह अध्यक्ष मार्क पोकनको नेतृत्वमा आएको टोलीले काठमाडौंमा रहँदा केयर नेपाल नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रममा समेत सहभागीता जनाउनेछन् ।

संसदीय टोलीको भ्रमण एमसीसी सँग भने सम्बन्ध नरहेको काठमाडौंस्थित अमेरिकी दुतावासले स्पष्ट पारेको छ । पछिल्लो समय अमेरिकाका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणको संख्या निकै बढेको छ । 


प्रतिक्रिया