फोर नेसन्स कप फुटबलः अपराजित रहँदै नेपाल फाइनलमा

फाल्गुन ८, २०८१ | काठमाडौं
लगातार दोस्रो जित निकाल्दै नेपाल फोर नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंस्थित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भएको खेलमा नेपालले लेबनानलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । नेपालको जितमा ४२ औं मिनेटमा सावित्रा भण्डारीले प्रहार गरेको बल लेबनानी खेलाडीलाई छुँदै गोलमा परिणत भएको थियो ।
जितसँगै नेपाल दुईखेलबाट ६ अङ्कसहित फाइनलमा पुगेको हो । यसअघि नेपालले किर्गीस्तानमाथि समेत १–० गोल अन्तरको जित निकालेको थियो । यसैबीच, जारी प्रतियोगितामा अपराजित रहेको म्यानमारले पनि फाइनलमा स्थान बनाएको छ ।
आज दिउँसो भएको अर्को खेलमा म्यानमारले किर्गिस्तानमाथि ५–० गोल अन्तरको जित दर्ता गरायो । ४ राष्ट्र सम्मिलित प्रतियोगिताको फाइनल खेल आगामी आईतबार हुनेछ । जारी प्रतियोगितामा किर्गिस्तान र लेबनान भने अङ्कविहीन भएका छन् ।