माघमा भएका आगलागीका घटनामा परि २२ जनाको मृत्यु

फाल्गुन ९, २०८१ | काठमाडौं

माघ महिनामा विभिन्न जिल्लामा गरी आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार माघ महिनामा देशभर भएका ४ सय ४८ वटा आगलागीका घटनामा परि उनीहरुको मृत्यु भएको हो । आगलागीका घटनामा परि ११ जना पुरुष, १० जना महिला र एक बालकको मृत्यु भएको छ भने २६ पुरुष, ५४ महिला र ४ जना बालक तथा ३ जना बालिका गरि ८७ जना घाईते भएका छन् ।

 एक महिनाको अवधिमा भएका आगलागीजन्य घटनामा ६७ वटा, ६६ वटा गोठ जलेर नष्ट हुँदा १७ परिवार विस्थापित भएका छन् भने २ सय ४७ पश्ु चौपाया समेत मरेका छन् । प्रहरीका अनुुसार कोशी प्रदेशमा सबैभन्दा धेरै १ सय २९ वटा आगालागीका घटना धेरै भएका छन् । 

कोशी प्रदेशपछि मधेश प्रदेशमा ५९ तथा काठमाडौं उपत्यकाका २ तीन जिल्लामा मात्र ३७ वटा आगालगीका घटना दर्ता भएको छ । यो अवधिमा १८ करोड ४८ लाख ८१ हजार २ सय ५० रुपैयााँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीको तथ्याङ्क छ ।  


प्रतिक्रिया