प्रतिसनिधिसभाको बैठकमा अवरोध गर्ने एमालेको तयारी

आश्विन १४, २०८०
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यद्यपी सुन तस्करी प्रकरण सम्बन्धी जांचबुझ आयोगको क्षेत्राधिकार सम्वन्धी विषयमा सहमति हुन नसकेपछि प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरोध गर्ने संकेत गरेको छ । एमालेका सचेतक महेश बर्ताैलाले सरकारसंग यसअघि भएको सहमति अनुसार आयोग गठन नभएसम्म सदन चल्न नदिने बताउनुभयो ।
यसअघि आयोग गठनको माग गर्दै एमालेले झण्डै एक महिना संसद अवरोध गरेको थियो । सीआईबीले जिल्ला सरकारी वकिलको कार्यलयलाई प्रतिवेदन बुझाएपछि असोज ५ गते सम्म जााचबुझ आयोग गठन गर्ने गत भाद्र ६ गते दलहरुबीच सहमति भएको थियो । यद्यपि आयोगको क्षेत्राधिकारका विषयमा सत्तारुढ दल र एमालेबीच विवाद भएपछि गठन प्रक्रिया रोकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल चीनबाट फर्किए लगत्तै जांचबुझ आयोग गठनबारे छलफल सुरु गर्नुभएको छ । सो विषयमा प्रधानमन्त्री दाहालले गठवन्धन भित्र हिजै छलफल गर्नुभएको थियो । यद्यपि, आफ्नो पार्टीसंग छलफलका लागि प्रस्तावना नआएको सचेतक बर्तौलाको भनाई छ । प्रतिनिधिसभाको बैठक दिउंसो १ बजे बस्नुअघि प्रधानमन्त्रीले एमालेसंग छलफलको तयारी गर्नुभएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
कंग्रेस माओवादी नेताहरु सीआइबीको छानबिनमा अविश्वास नहुने गरी थप अनुसन्धान गर्नुपरेमा शब्द सहितको क्षेत्राधिकार दिएर आयोग गठन गर्ने पक्षमा छन् । संसद सचिवालयले आजको बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची तय गरेको छ ।