पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी

वैशाख २५, २०८२ | काठमाडौं

पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा अपरेसन सिन्दूर सुरु गरेको भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै सेनाले पाकिस्तानका धेरै स्थानमा रहेका हवाई प्रतिरक्षा राडार र प्रणालीलाई निष्क्रिय बनाएको बताएको हो ।

 हिजो बिहान अपरेसन सिन्दूर सुरु गरेको भारतले रातिपनि पाकिस्तानमाथि आक्रमण जारी राखेको थियो । यता पाकिस्तानले हिजो रातिदेखि २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । सो अवधिमा पाकिस्तानले पनि केही क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको भारतको भनाइ छ । 

इरानले भारत–पाकिस्तानलाई संयमता अपनाउन पुनः आग्रह गरेको छ । भारत भ्रमणमा रहेका इरानका विदेशमन्त्रीले दुवै मुलुकलाई तनाव बढ्नबाट रोक्न आह्वान गरेका हुन् । भारतले पाकिस्तानको आतंकवादी बसेको इलाका लक्षित गर्दै कारबाही गरेपछि इरानको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।    


प्रतिक्रिया