संविधान विरोधी गतिविधि स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

वैशाख २५, २०८२ | काठमाडौं

सरकारले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने जनाएको छ । प्रतिनिधिसभा बैठकमा सासंदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरुद्धका गतिविधि स्वीकार्य नहुने बताउनुभएको हो । राजतन्त्र समर्थक दल र समूहले पछिल्लो समय प्रदर्शन गर्ने क्रम बढेको सन्र्दभमा गृहमन्त्री लेखकले सो अभिव्यक्ति दिनुभएको हो ।

सरकारको आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेत संविधान विरोधी गतिविधि नियन्त्रण गर्ने उल्लेख छ । यसैबीच, गृहमन्त्री लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयबारे सरकारको धारणा राख्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको पार्टी एकीकरण घोषणा कार्यक्रममा सहभागी हुने क्रममा गत विहिवार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले जारी गरेको पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरि डिल्लीबजार कारागार पु¥याएको थियो । पछि अदालतको अर्को पत्राचार पश्चात् चौधरीलाई हिरासतमुक्त गरिएको थियो । पत्र जारी गर्ने बिष्टमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको गृहमन्त्री लेखकले बताउनुभयो ।  


प्रतिक्रिया