राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङको निरन्तरता

वैशाख २५, २०८२ | काठमाडौं

नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन् । 

थाईल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गतका खेलमा उनले फेरि जिम्मेवारी पाएका हुन् । तामाङलाई अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र प्रदान गरेका हुन् । 

उनको प्रशिक्षणमा नेपालले वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेशन्स कप खेलेको थियो । जसमा तीनवटै प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । यस्तै, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक सुरज कुमार लामा तथा टिम म्यानेजरको रुपमा वृन्दा देवकोटाले पनि आफ्नो जिम्मेवारी निरन्तरता पाएका छन् । 


प्रतिक्रिया