साँगा–धुलिखेल सडकखण्डको ४७ प्रतिशत काम सम्पन्न

वैशाख २५, २०८२ | काठमाडौं

निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल खण्डको ६ लेन विस्तार कार्यको हालसम्म ४७ प्रतिशत भएको छ । सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार निर्माणका लागि तोकिएको अवधि सकिन ८ महिना मात्रै बाँकी छ ।

 पहिलो खण्डको केही स्थानमा काम रोकिएको छ भने केही स्थानमा काम धमाधम भइरहेको छ । पहिलो खण्डको पुलबजार क्षेत्रमा ३ महिनादेखि स्थानीयले सेन्टर लाइनको विवादलाई लिएर निर्माण कार्यमा अबरोध गरेको आयोजनाका इन्जिनियर विष्णु खनालले जानकारी दिनुभयो । 

सो क्षेत्रमा देखिएको अवरोध हटाउन पटक–पटक छलफल गरिए पनि निष्कर्षविहीन भएको उहाँको भनाइ छ । पहिलो खण्डअन्र्तगत धुलिखेल क्षेत्रमा भने सडक कालोपत्रको काम भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया