अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कनुः ट्राफिक प्रहरी

मंसिर ६, २०८० | काठमाडौं

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले उपत्यकामा भोलि अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयले आज सूचना जारी गर्दै भोली काठमाडौंका विभिन्न स्थानमा ¥याली र जुलुस प्रदर्शनको कार्यक्रम भएकाले उपत्यका भर नै सवारी आवगमनमा समस्या हुन सक्ने भन्दै अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो । यस्तै यात्रा गर्नु पूर्व ट्राफिकले १ सय वा १ सय ३ मा टेलिफोन गरेर सडकको अवस्थाका बारे जानकारी लिन आग्रह गरेको छ ।

नागरिकको सुरक्षा तथा ट्राफिक व्यवस्थापन का क्रममा भोलि ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने समेत सूचनामा उल्लेख छ । भोलि काठमाडौंमा दुर्गा प्रसाईं समूह र एमालेको भातृ संगठन युवा संघले ¥याली तथा जुलुस निकाल्ने कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।  


प्रतिक्रिया