शान्ति सुरक्षालाई असर पुग्ने गरी प्रदर्शन नगर्नुः काठमाडौं प्रशासन

मंसिर ८, २०८० | काठमाडौं

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षालाई असर पुग्ने गरी प्रदर्शन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं केन्द्रित प्रदर्शनलाई जारी राखेपछि प्रशासनले यस्तो आग्रह गरेको हो । प्रशासनसँग अनुमति बिना माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रमा गरेको निशेधज्ञामा प्रवेश गर्ने, सार्वजनिक सम्पतिमा क्षति पु¥याउने लगायत गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गैरकानूनी हर्कत काठमाण्डौं उपत्ययकामा नचल्ने भन्दै चेतावनी दिनुभयो । दुर्गा प्रसाई पक्षधरको नियन्त्रण बाहिरको भीडलाई हिजो नियन्त्रण गर्न खोजेको उहाँले स्पष्ट पार्नुभयो । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखेको समाचार बाहिरिएपछि काठमाण्डौंका प्रमुख जिल्ला अधिकारीले मेडिकल व्यवसायीलाई सुरक्षा प्रदान गरिएको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया