सर्वोच्चमा सिफारिस भएका ६ जना न्यायाधीश विरुद्ध उजुरी आह्वान

मंसिर ९, २०८० | काठमाडौं

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ६ जना र राजदूतमा सिफारिस एक जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जना र पोर्चुगलका लागि राजदूतमा सिफारिस भएका शनिल नेपाल विरुद्ध उजुरी आह्वान गरेको हो । समितिले सार्वजनिक सूचना प्रकाशित गरी १० दिन भित्र उजुरी दिन आग्रह गरेको हो । गत कात्तिक २३ गतेको मन्त्रिपरिषद्को बैठकले शनिल नेपाललाई पोर्चुगलका लागि नेपाली राजदूतमा सिफरिस गरेको थियो ।

यस्तै, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

यसअघि हिजो सिंहदरबारमा बसेको समितिको बैठकले उजुरीका लागि १० दिनको समय दिने दिएको निर्णय गरेको थियो । उजुरी अध्ययनपछि समितिले प्रस्तावित व्यक्तिहरुलाई छलफलका लागि बोलाउनेछ ।


प्रतिक्रिया