वैशाख दोस्रो साता सरकारले लगानी सम्मेलन गर्ने

मंसिर १०, २०८० | काठमाडौं

सरकारले आगामी वैशाख दोस्रो साता तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति समेत गठन भएको छ ।

समितिको आज बसेको बैठकपछि अर्थमन्त्री महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिनुभएको हो । सम्मेलनमा विदेशी लगानी मात्र नभएर नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने उहांले बताउनुभयो ।

लगानी सम्मेलन आयोजना गर्न मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।  


प्रतिक्रिया