कोप २८ मा सहभागी भएर प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

मंसिर १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २८ मा सहभागी भई आज स्वदेश फर्किनु भएको छ । 

प्रधानमन्त्री दाहाल यही मंसिर १३ गते युएई प्रस्थान गर्नु भएको थियो । प्रधानमन्त्रीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत उच्च पदस्थ अधिकारकिो उपस्थिति थियो ।

 यही मंसिर १४ गतेदेखि कोप–२८ दुबईमा सुरु भएको विश्व जलवायु शिखर सम्मेलनको उच्चस्तरीय सत्रमा हो प्रधानमन्त्री दाहाल १५ र १६ गतेसहभागी हुनु भएको थियो । उहांले हिजो सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो ।

 प्रधानमन्त्री दाहालले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबईमा एकत्रित भएका विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता समेत गर्नु भएको थियो । 


प्रतिक्रिया