बैशाखमा हुने उप निर्वाचनमा अरुदलसँग सहमति नभए एक्लै लड्छौंः माधव नेपाल

चैत्र १२, २०८० | काठमाडौं

एकीकृत समावादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनमा सम्भव भएसम्म अन्य दलहरुसँग मिलेर अघि बढ्ने नभए एक्लै पनि निर्वाचनमा लड्ने बताउनुभएको छ ।

काभ्रेको बनेपामा आयोजित १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष नेपालले उप–निर्वाचनमा उम्मेदवारी दिने की सहमतिका आधारमा अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालका अनुसार आज बिहान बसेको तीन दलीय बैठकमा नेकपा एमाले र नेकपा माओवादीले उप–निर्वाचनका लागि मिलेर जाने विषयमा तयारी गरेका छन् । समाजवादीले भने चुनावमा मिलेर जाने विषय टुङ्गोे नलगाएको उहाँको भनाइ थियो ।  


प्रतिक्रिया