पछिल्लो आमनिर्वाचनको परिणाममाथि एमालेको प्रश्न
वैशाख ८, २०८१ | काठमाडौं
संघीय संसदको दोस्रो ठूलो दल नेकपा एमालेले पछिल्लो आमनिर्वाचनको परिणाममाथि प्रश्न उठाएको छ ।
ललितपुरमा सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा “निर्वाचन नतिजाले मुलुकमा प्रतिकूलता सृजना गरेको र त्यसको मूल्य मुलुकले चुकाउनुपरेको”उल्लेख छ ।
प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि निर्माण भएको शक्ति सन्तुलन देशको हितमा नभएको टिप्पणी गर्नुभयो ।
२०७९ मंसिरमा भएको आमनिर्वाचनले बलियो राष्ट्रिय शक्ति निर्माणको जनचाहनामाथि प्रतिकूल प्रभाव पारेको एमालेको ठहर छ । एमाले अध्यक्ष ओलीले भन्नुभयो ।
आफ्नो राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष ओलीले राजतन्त्र पुर्नस्थापनाका लागि भइरहेको पहलबारे समेत टिप्पणी गर्नुभएको छ ।
यसैबीच, एमालेले सहकारी ठगीको विषयलाई उठाइरहेको प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको राजनीतिक अडानको विषयलाई राजनीतिक दस्तावेजमा नै समावेश गरेको छ ।
ओलीको राजनीतिक प्रतिवेदनमा सहकारीको बिषयलाई राजनीतिक प्रतिशोधको आधारमा उठाइएको टिप्पणी गरिएको छ । एमाले अध्यक्ष ओलीले सहकारीको बिषय उठाउने नैतिक अधिकार कंग्रेसलाई नभएको बताउनुभयो ।
गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै प्रतिपक्षी काँग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ ।