बाढी पहिरोपछि विभिन्न राजमार्गको ९ स्थानमा अझै सडक पूर्ण रुपमा अबरुद्ध

आश्विन १८, २०८१ | काठमाडौं

गत साताको अविरल वर्षा पछिको बाढी पहिरोका कारण अवरुद्ध बनेका विभिन्न राजमार्गका ९ स्थानमा अझै सवारी अवागमन सुचारु हुन सकेको छैन । 

 प्रहरीका अनुसार काठमाडौं जोड्ने सिस्नेरी सडक खण्डको दक्षिणकाली खण्डमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर ३ मा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको हो । यस्तै कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका ८ मा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न तीन खण्ड पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो खण्ड गत शुक्रबारबाट अवरुद्ध भएको थियो । यस्तै सिन्धुपाल्चोकस्थित बाह्रबिसे तातोपानी सडक खण्ड र अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 


प्रतिक्रिया