बागलुङ र गुल्मीमा पहिरोमा परि १२ जनाको मृत्यु

श्रावण २२, २०८१
बागलुङ र गुल्मीका विभिन्न स्थानमा पहिरोमा पुरिएर ६ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाँउपालिकामा पहिरोमा परि ६ बालबालिका सहित ८ जनाको मृत्यु भएको हो । गएरातीदेखि परेको अविरल वर्षा पछि बडिगाड गाँउपालिका वडा नंं ९ स्थित बलघाँसमा आज विहान खसेको पहिरोले १५ बर्षिय बिधान परियार र २४ बर्षिय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको हो । त्यस्तै, वडा नंं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ बर्षका जुम्ल्याहा मालती र मधु बुढा, १३ वर्षीय मनोज बुढा र १२ वर्षीय अमन बुढाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकी सञ्जु बिकको ६ बर्षिया छोरी र ५९ बर्षिय मैतीदेवी बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरी र स्थानीय सहितले बुढाको घर पुरिएको स्थानमा खोजीगर्दा शव भेटिएको हो । घटनामा २ जना वेपत्ता भएका छन् । सो घटनामा ४६ बर्षिया संगीता बुढा, ५९ बर्षिया सुमित्रा बिक, ३२ बर्र्षीया सीता थापा र ४२ बर्षिय मंगलसिंह बुढा गम्भिर घाइते छन् । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाइएकोमा उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाउने तयारी भएको हाम्रा सहकर्मीले जनाएका छन् ।