प्रतिनिधि सभाको बैठक आज बस्दै

भाद्र २६, २०८१ | काठमाडौं

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्त्री पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेश गर्नुहुने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । 

उहाँले ‘विधायन सम्बन्त्री विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।


प्रतिक्रिया