उपसभामुख रानालाई राजिनामाका लागि दबाब

भाद्र २६, २०८१

सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई राजिनामाका लागि दवाव बढाएका छन् । एमालेले राजिनामा दिन संसद बैठकबाटै आग्रह गरेको भोलिपल्ट नेपाली कांग्रेसले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । 

कंग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानालाई आफैं मार्गप्रशस्त गर्न आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले सत्तारुढ दलहरुको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको बताउनुभयो ।

सत्तारुढ दलले उपसभामुखको राजीनामा माग गरेको विषय लोकतान्त्रिक पद्धति अनुसार नै रहेको पनि प्रमुख सचेतक घिमिरेको जीकिर थियो । फरक प्रसंगमा कांग्रेसका उपसभापति धनराज गुरुङको श्रीमतीसंगको सम्बन्धको विषय संसदीय बहस बन्न नसक्ने कांग्रेसको धारणा रहेको पनि उहाँले बताउनुभयो । 


प्रतिक्रिया